|  

क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्रीको घोषणा  

२३ माघ, काठमाडौं   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् ।

बुधबार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने बताए ।

नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ ।