२३ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो ।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ । काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।