|  

त्रिविमा रोजगारीको अवसर

२३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ ।

विश्वविद्यालयले खुला प्रतियोगिता अन्तर्गत उप-प्रशासक पदमा ४ जना, आर्थिक उप-नियन्त्रक १ जना र नर्सिङ उप-नियन्त्रक पदमा २ जना (अधिकृत दिव्तीय) तहको कर्मचारी माग गरेको हो । आवेदन दस्तुर तीन हजार रूपैयाँ लाग्नेछ । इच्छुकले फागुन १७ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।