|  

बागमती प्रदेश सभा बैठक आज बस्दै 

२३ माघ, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ । प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसहित चार वटा विधेयक प्रदेश सभा बैठकमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार आजै दिउँसो बस्ने प्रदेश दोश्रो बैठकमा प्रदेश सभामा पेस भएको विधेयकहरूमाथिको सैद्धान्तिक छलफल हुने भएको छ ।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बैठक सुचारु गर्ने सहमति जुटाइएको थियो ।