|  

ट्रम्पलाई हमासको जबाफः गाजाको स्वामित्व अमेरिकाले लिने कुरा हास्यास्पद र बेतुक !

२३ माघ, काठमाडौं   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टी स्वामित्वमा लिने भनेपछि हमासले त्यसबारेमा प्रतिक्रिया जनाएको छ ।

गाजामा युद्धविराम भएर बन्दी रिहाइको प्रक्रिया जारी रहेको अवस्थामा मंगलबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा अमेरिकाले स्वामित्वमा लिने र त्यहाँ भग्नावशेष हटाएर विकास निर्माणको काम गर्ने बताएका थिए।

ट्रम्पको उक्त भनाइलाई हमासका उच्च अधिकारी सामी अबु जुहरीले हास्यास्पद र बेतुकको भनेका छन्। यसले गजामा फर्किएको शान्ति भंग गर्ने  र पुनः तनाव सिर्जना गर्ने  बताए ।

‘गजाका जनताले ट्रम्पको उक्त प्रस्तावलाई अगाडि बढ्न दिने छैनन्। हाम्रा नागरिकहरूलाई निस्कासन गर्ने होइन, आक्रमणको र कब्जा अन्त्य हुनुपर्छ,’मासले टेलिग्रामबाट सार्वजनिक गरेको सन्देशमा भनेको छ।

ट्रम्पले इजराइली आक्रमणबाट खण्डहर बनेको गजा अमेरिकाले स्वामित्वमा लिएर त्यहाँ रहेक हतियारहरू नष्ट गर्ने र विकास निर्माणका काम सुरू गर्ने बताएका थिए।