२३ माघ, काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ ।
बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५/२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।