|  

एउटै ग्रोसरीबाट एक लाखबढी अण्डा चोरी 

२३ माघ, काठमाडौं  अमेरिकाको पेन्सिल्भेनिया राज्यमा चोरहरूले १ लाख वटाभन्दा धेरै अण्डा चोरेका छन् ।

एउटै ग्रोसरीबाट चोरी भएका यी अण्डाको मूल्य ४० हजार डलर बराबर भएको बताइएको छ । फेब्रुअरी १ मा ग्रिनक्यासलमा पिट एन्ड गेरिज अर्गानिक्सको लरीबाट ती अण्डा चोरिएका हुन् ।

बर्ड फ्लुको महामारीका कारण अमेरिकामा अण्डाको भाउ आकाशिरहेकै समयमा यो चोरी भएको हो ।गएको वर्ष अण्डाको भाउ ६५ प्रतिशतभन्दा धेरैले बढेको अमेरिका सरकारको डेटाले देखाएको छ ।

२०२५ मा अण्डाको भाउ अरु २० प्रतिशत बढ्ने कृषि मन्त्रालयको अनुमान छ । शुक्रबार वेफल हाउसले अण्डाको भाउ प्रतिगोटा ५० सेन्ट बढाएको थियो ।