|  

राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच विपिन जोशीको रिहाइबारे टेलिफोन संवाद !

२३ माघ, काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग विपिन जोशीको रिहाइबारे टेलिफोन संवाद गरेका छन् ।

राजदूत पण्डितले इजरायलका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति हर्जोगले फोनका क्रममा इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरूको उद्धारका लागि सबै प्रयास गरिरहेको जनाएको विज्ञप्तिमा उल्लेख छ । गत २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा विपिन हमासको नियन्त्रणमा छन । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।