२३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल अराजक बन्दै गएको भन्दै उनले त्यसलाई नियमन गर्नुपर्ने माग आम नागरिकहरूकै रहेको बताए । उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेस गरिएकोसमेत बताए ।