२३ माघ, काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।
यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डसँग नेपाल समान दुई खेलमा पराजित भएको छ । अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ ।