२३ माघ, काठमाडौं । अमेरिकाले देश निकाला गरेका १०४ जना अवैध आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ ।
आज दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको हो । विमान दिउँसो १ः५५ बजे अवतरण भएको भनिएको छ । आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३र३३, महाराष्ट्र र उत्तर प्रदेशका तीनरतीन र चण्डीगढका दुई जना भएको बताइएको छ ।
यसअघि आएका खबरहरूमा अमेरिकी सैन्य विमान सी-१७ मा २०५ अवैध भारतीय आप्रवासी सवार रहेको दाबी गरिएको थियो ।