|  

नेप्से परिसूचक घट्यो, झन्डै ९ अर्बको कारोबार

२३ माघ, काठमाडौं ।  बुधवार सेयर बजारको परिसूचक नेप्से ४.४५ अङ्क घटेको छ ।

सो अङ्कको गिरावटपछि २७११ मा कायम भएको छ । समग्र बजार घट्दा पनि कारोबार रकम केही बढेको छ । बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ रहेको छ । ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने ७ को स्थिर रह्यो ।