२३ माघ, काठमाडौं । पुस महिनामा देशभरबाट ३ हजार ६ सय ९८ जना बालबालिका हराएकामा ३ हजार १ सय ६ जना फेला परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा एक हजार २६ बालक र दुई हजार ६ सय ७२ बालिका गरी ३ हजार ६ सय ९८ जना बालबालिका हराएका थिए । तीमध्ये ८ सय ८२ जना बालक र २ हजार २ सय २४ जना बालिका फेला परेका हुन । पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाबाट २ सय ५० जना बालक हराएकामा २ सय ११ जना फेला परेका छन् ।
यस्तै मधेश प्रदेशबाट ६ सय ४५ जना बालिका हराएकामा ४ सय ३७ जना फेला परेका छन् । प्रहरीले अझै ५ सय ९० जना बालबालिकाको खोजी भइरहेको छ । हराएकामध्ये २ जनाको ज्यान गएको प्रहरीले तथ्याङ्कमा छ । बालबालिका हराएमा, बेवारिसे अवस्थामा फेला परेमा, दुव्र्यवहारको शिकार अथवा जुनसुकै जोखिममा परेको देखेमा नजिकैको प्रहरी कार्यालय वा बालबालिका खोजतलास समन्वय केन्द्रमा खबर गर्न प्रहरीको आग्रह छ ।