२३ माघ, काठमाडौं । विपिन देव- विश्व राजनीति र कूटनीति कठिन मोडमा रहेको छ । गुठवन्दी, वठवन्धन, गठजोड र नयॉ समीकरणहरूको निर्माण र विध्वनस कूटनीतिको अभ्यासको रूपमा प्रयोग भइरहेको छ ।
चीनिया विरोधी भाष्य निर्माण गरेर सत्तारोहन गरेका ट्रम्पले आफ्नो सपथ ग्रहणमा चीनिया राष्ट्रपति सीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेर कूटनीतिमा एक नयॉ अध्याय स्थापित गरेको छ । सपथ ग्रहण पश्चात १०० दिन भित्र नै चीन यात्रा गर्ने उद्घोषले थप जिज्ञासा थपिएको छ । भारत अमेरिकी सम्वन्ध र अमेरिकी चीन सम्वन्ध विच पनि गजवको तादम्यता रहेको छ । सन् २०१५ ताका अमेरिकी राष्ट्रपति ओभामाले चीनिया सामरिक नीति अनुसार नै दक्षिण एसीयामा अमेरिकी नीति परिचालित हुने घोषणाले गर्दा भारतले रसियासंगको गठवन्धमा अधिक जोड दिएको थियो ।
सन् २०१७ मा अमेरिकाले आफ्नो सुरक्षा नीतिमा व्यापक परिर्वतन गर्दै एसिया प्यासिफकको वदलामा इण्डोप्यासिफीक शब्द प्रयोग गरेर हिन्दमहासागरीय क्षेत्रमा भारतको महत्वपूर्ण स्थानलाई स्वीकार गरेर भारतकोसंगको सम्वन्धलाई विषेश महत्व दिएको थियो । अर्थात् ट्रम्पको पहिलो कार्यकाल नै भारतसंगको सघन सम्वन्धमा समधुरता थप भएको थियो । ट्रम्पको पहिलो कार्यकालमा नै क्वार्ड (अमेरिका,भारत , अष्ट्रेलीया, जापान)को सक्रियता समेतप वढेको थियो ।
भारतीय सञ्चार गृहहरूमा ट्रम्पको दोस्रो कार्यकालको वारेमा अमेरिकाको भारत प्रतिको सामरिक नीतिको वारेमा अधिक चर्चा भइरहेको छ । भारतका सामरिक जानकार डा. हर्ष पन्तले ट्रम्पको अभिव्यक्ति र नीति नै भारतीय थिंक टंयाक र सञ्चार गृहहरूको मुख्य विषय भइरहेको जिकिर गरेका छन् । यसमा विभिन्न आयामहरू रहेको छ ।
ट्रम्पको सपथ ग्रहण लगतै कवार्डको वैठक हुनु र भारतीय परराष्ट्रमन्त्रीसंग अमेरिकी सेक्रेट्री आप‘m स्टेट (परराष्ट्र मन्त्री) रूवीयो सबभन्दा पहिले वार्ता गर्नु जस्ता परिघटनाले भारत अमेरिकी सम्वन्धको उचाईलाई मापन गर्दछ । ट्रम्पको दोस्रो कार्यत्रालमा अमेरिका वंगलादेश प्रतिको नीतिले समेत अमेरिकी भारत सम्वन्धलाई मापन गर्दछ । वाइडेनको कार्यकालमा नै शेख हसिनाको अपदस्तको परिघटनाले भारतीय सामरिक नीतिलाई अधिक प्रभावित गरेको छ ।
वंगलादेशसंग असहज सम्वन्ध हुन वित्तिकै भारतको उत्तर पूर्वीय राज्यमा सीमा घुषपैठ लगायत सुरक्षा समस्यासंग भारतलाई जुध्नु पर्दछ । हिमाली वोर्डरमा चीनसंग असहज सम्वन्ध, दक्षिणमा पाकिस्तानसंगको सम्वन्ध र उत्तरपूर्वमा वंगलादेशसंग असहज सम्वन्ध भएको खण्डमा भारतलाई चूनौती थपिने छ ।
यस परिवंशमा भारतीय कूटनीतिको अर्जुतदृष्टि नै ट्रम्पको वंगलादेश नीतिलाई प्रभावित गर्नु हो । यसमा भारतीय कूटनीतिले सफलता समेत प्राप्त गरेको देखिन्छ । चूनावी अभियानमा नै ट्रम्पले हिन्दुहरू माथि भइरहेको अत्याचार प्रति सचेत हुंदै युनुसलाई दवाव दिएका थिए । साथ साथै वंगलादेशको सन्र्दभमा वाइडेन भन्दा आफ्नो फरक रणनीति रहेको समेत उद्घोष समेत गरेका थिए । जानकारहरूका अनुसार हिन्दु दर्शन प्रति आस्था राख्नेहरू संखयाको वाहुल्यता ट्रम्प सरकारमा रहेकोले गर्दा अमेरिकी दृष्टिकोण र भारतीय दृष्टिकोणमा वंगलादेशको नीतिमा समरुपता रहेको आंकलन गर्न सकिन्छ ।
भारत अमेरिकी सम्वन्ध मध्य एसीयामा समेत प्रभावित भएको देखिन्छ । हिन्दमाहासगरीय क्षेत्र जस्तै मध्य एसियामा अमेरिकाको सक्रियतामा आई.टु.यू.टु.को निर्माण भएको थियो । मध्य एसियामा भारतीय मुलुका ९ लाख कामदारहरू रहेकोले गर्दा भारतको प्रभाव अधिक रहेको छ । आई.टु.यु.टु. भन्नाले अमेरिका, इजरायल, यू.एई. र भारतको गठवन्धन हो । एसियामा इजरायल र हमासको द्वन्द भिडन्तले गर्दा आई.टु.यु.टु. को सक्रियतामा कमी देखिएको छ । ट्रम्पको अर्को चूनौती आई.टु.यु.टु.लाई सक्रिय बनाउनु समेत रहेको छ । ट्रम्पको पहिलो कार्यकालमा मध्य एसियामा अमन र चयन निर्माण गर्न एवहराम एर्कोडको सम्झौता भएको थियो । यो सम्झौता अन्र्तगत इजरायलसंग अन्य इश्लामीक राष्ट्रहरूको सम्बन्धलाई सहज बनाउनु थियो ।
भारत अमेरिकी सम्बन्ध विच केही चूनौतीहरू समेत रहेको छ । ट्रम्पको अप्रवासी नीतिले गर्दा गैर कानुनी ढङ्गले १९००० भारतीय नागरीकहरू अमेरिकाबाट निष्काशन हुने आकलन गरिएको थियो । गैर कानुनी ढङ्गले वसोवास गरिरहेको नागरिकहरूलाई फिर्ता लिने निर्णयमा भारत सरकार सहमत समेत रहेको छ । साथ साथै ट्रम्पको एच.वन. यी भिसा सम्वन्धी नीति समेत भारत अमेरिकी नीतिलाई प्रभावित गर्ने आकलन गर्न सकिन्छ । एच. वन. भिषा अन्र्तगत उच्च सीप भएका मान्छेहरू अमेरिकामा रोजगार पाउ‘न सक्दछ । एच.वन. भिषाको कुल संख्याको ७५ प्रतिशत भारतेलीहरू नै ओगेटो छ । उक्त भिषा कार्यक्रममा ट्रम्प कठोर भएको खण्डमा भारतेलीहरू अधिक प्रभावित हुनेछ । तर एलन मस्क जस्ता पू‘जीपतिहरूको प्रभावमा रहेको ट्रम्प सरकारले यस्तो नीति नलिने जानकारहरूको बुझाई रहेको छ ।
अर्थात् अमेरिकामा कहलिएका व्यापारिक घरानाहरूमा उच्च कोटिको सिप भएका व्यक्तिहरू नै भारतेली रहेको छ । भारत अमेरिकी सम्वन्ध अर्को चूनौती व्यापारिक सम्वन्ध समेत रहेको छ । ट्रम्पले एक अन्र्तवातामा भारतलाई ट्रयाफीक किङ्ग (सबभन्दा बढी व्यापारिक घाटा) भएको देश समेत भनिएको छ । वर्तमान परिवेशमा अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । अमेरिका भारत विच २०० विलियन अमेरिकी डलरको व्यापार रहेको छ । सो व्यापारमा अमेरिकाले व्यापारिक घाटा व्यहोर्नु परेको छ । एक अध्ययन अनुसार अमेरिकाको चीनसंग ३० प्रतिशतको व्यापार घाटा, यूरोपसंग १९ प्रतिशतको, क्यानाडासंग १७ प्रतिशतको, मेक्सीकोसंग ९ प्रतिशतको र भारतसंग ३ दशमलब २ प्रतिशतको मात्र रहेको छ ।
यी तथ्याङ्कको आधारमा अमेरिकीको भारतसंगको व्यापारिक नीतिमा कुनै टकराहट नहुने समेत गर्न सकिन्छ । भारतको प्रमुख चूनौती अमेरिकी पू‘जी र प्रविधिको लागी आवश्यक वातावरण निर्माण गर्नु हो । भारतले “मेक इन इण्डिया”को नारा साथ आर्थिक नीतिमा गुरुयोजनाका साथ अगाडी बढिरहेको छ । चीनमा रीयल स्टेटको व्यापारमा २० प्रतिशत भन्दा गिरावटले गर्दा चीनवाट पू‘जी पलायन भइरहेको छ । अमेरिका भारत विच सघन सम्वन्ध बढिरहेको अवस्थाले गर्दा अमेरिकी पू‘जीपतिहरू भारतमा लगानी गरिरहेको अवस्था छ । माइक्रोन जस्ता कम्पनीहरूले भारतमा आफ्नो कारोवार समेत सुरु गरिसकेको छ ।
भारत अमेरिकी सम्बन्धलाई सुरक्षाको कमीमा समेत विष्लेशण गर्न जरुरी देखिन्छ । विगतका दिन ट्रम्पले दक्षिण कोरीया, जापान, अष्ट्रेलीया, यूरोप लगायत सुरक्षा साझेदार भएका मुलुकहरूसंग सुरक्षा खर्चको दायित्व वहन गर्न दवाव दिएको छ ।
अमेरिकी सुरक्षा छातामा रहेका मुलुकहरूको सुरक्षा प्रत्याभूत गर्ने दायित्व अमेरिकाको रहेको छ । तर भारत र अमेरिका विच यस्तो सन्धी रहेको छैन । भारतले आफ्नो सुरषा सम्वन्धी दायित्व आफै वोकेको छ । यी आलोकमा ट्रम्पले अरु सुरक्षा साझेदार जस्तो भारतलाई दवावमा राख्ने अवस्था देखिदैन ।
भारतको रसीया, इरान र केही हदसम्म चीनसंगको नीतिमा समेत अमेरिकी दवाव मत्थर भएको देखिन्छ । अमेरिकी दवावको बावजुत पनि रसीयासंग इन्धन खरिद गर्नु, इरान चावहार वन्दरगाह निर्माण गर्नु र चीनसंग विवादमा अमेरिकालाई मध्यस्तकर्ताको रूपमा कुनै भूमिका नदिनु जस्ता परिघटनाले भारतको सामरिक स्वायत्ता झल्किन्छ । सोभियत रुसको विकल्पमा चीनलाई खोजे झै चीनको विकल्पमा भारतसंग सघन सम्वन्ध निर्माण गर्ने ट्रम्पको दोस्रो कार्यकालको लक्ष्य देखिन्छ ।