२३ माघ, काठमाडौं । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् ।
जिल्लाको बराहताल गाउँपालिका-४ को कुटा र पञ्चपुरी नगरपालिका-१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनीहरू पुल बाँध्ने क्रममा खसेर बेपत्ता भएका छन् ।