२३ माघ, काठमाडौं । प्रहरी प्रभाग साँखु, काठमाडौंमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल बोहोराले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।