|  

वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर वृद्धको मृत्यु

२३ माघ, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका-४ काशीखोलाका एक वृद्धको भिरबाट लडेर मुत्यु भएको छ ।

वृद्धाभत्ता बुझेर फर्कने बेला वडा नम्बर-२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट लडेर काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको मृत्यु भएको हो । आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको थियो ।