२३ माघ, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेविरूद्धको थुनछेक बहस आजका लागि सकिएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि आजका लागि बहस सकिएको हो । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने तयारी छ ।