|  

भोलिको संसद बैठकमा प्रचण्डले सम्बोधन गर्दै

२३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् । पाण्डेका अनुसार प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनेछन् ।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु भएको छ । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन ।