२३ माघ, काठमाडौं । चितवन जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।
आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुने गरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।