२३ माघ, काठमाडौं । प्रतिनिधि सभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले पाँच मिनेट र समर्थकले तीन मिनेट बोल्न पाउने भएका छन् ।
बुधबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि थिए । छलफलपछि कानुनमन्त्री चौरसियाले पत्रकारहरूसँग कुरा गर्दै अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच मिनेट र समर्थकलाई तीन मिनेट बोल्न दिने तय भएको जानकारी दिएका हुन् ।
प्रतिनिधि सभामा पेश भएका ६ वटा अध्यादेश उपर ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिँदै छ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।