|  

कांग्रेस संसदीय दलको बैठक बस्दै

२४ माघ, काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।