|  

तर्साउन हानिएको गोली लागेर जङ्गली हात्ती मकुनाको मृ#त्यु

२४ माघ, काठमाडौं ।  जङ्गली हात्ती मकुनाको तर्साउन हानिएको गोली लागेर मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो ।

बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।

घरपालुवा हात्ती (चुरेगर)लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ (दुई) राउन्ड वार्निङ हवाई फायर गरिएको हो ।  

Press release.2080.10.23