२४ माघ, काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदा दिएको छ ।
युएसएआइडीको भविष्यबारे चौतर्फी चर्चा भइरहँदा वेभसाइटमार्फत सूचना जारी गरेर विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको हो । युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाहरूको हकमा भने बिहीबारसम्म निर्णय गर्ने भनेको छ।
बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने पनि सूचनामा उल्लेख छ।युएसएआइडीको कर्मचारी रही देशबाहिर काम गरिरहेका अमेरिकीहरूलाई ३० दिनभित्र अमेरिका फर्किए संस्थाले खर्च ब्यहोर्ने बताएको छ
युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो । विश्वभर यसका लगभग १०,००० कर्मचारी छन् । युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ।
यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैया) सहायता दिने घोषणा गरेको थियो।