|  

रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस

२४ माघ, काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ ।

बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछाने बुधबार नै जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अदालतले उनको बयान लिएपछि थुनछेक बहस सुरू भएको थियो । सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो ।