|  

अधिवक्ता त्रिपाठीले चितवनमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने

२४ माघ, काठमाडौं ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चितवनमा पनि सहकारी पीडितको तर्फबाट अदालतमा बहस गर्ने भएका छन् ।

रवि लामिछानेलगायतलाई प्रतिवादी बनाइएको मुद्दामा बहसका लागि त्रिपाठी बिहीबार भरतपुर गएका छन् । अधिवक्ता त्रिपाठीले पीडित जाहेरीकर्ताको पक्षमा वकालत गर्ने छन् ।