२४ माघ, काठमाडौं । कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका-६ सिसैयाका २५ वर्षीय रविन्द्र राना रहेका छन् । राना आज बिहान साढे २ बजे मृत फेला परेक कैलाली प्रहरीले जनाएको छ ।
मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए ।राना राति करिब २ बजेतिर शौचालय गएका थिए ।
लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।