|  

अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई कांग्रेस र एमालेको ह्विप

२४ माघ, काठमाडौं ।  सत्तारुढ दले नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् ।राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ ।

बैठकमा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।