२४ माघ, काठमाडौं । बुटवलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान १० बजेतिर बुटवलको नेपालगन्ज रोडमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृतकको अझै पहिचान खुल्न सकेको छैन। ठक्कर दिने टिपर र चालक तिलोत्तमा नगरपालिका वडा नम्बर १० का ४७ वर्षीय किसमन थारुलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।