|  

तोलामा १६ सय बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

२४ माघ, काठमाडौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलको अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँ बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।