२४ माघ, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा बहस गर्न ३ जिल्लाबाट जिल्ला न्यायाधिवक्तालाई झिकाइएको छ ।
चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।
तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बाराका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको हो ।
महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् । चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।