२४ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदबाट अध्यादेश पारित हुने दाबी गरेको छ ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बबाट पारित हुने दाबी गरेका हुन् ।
‘आज संसदमा अध्यादेश पेश हुन्छ । ५१ अस्वीकारको सूचना परेका छन्, त्यसमाथि छलफल गरेर अस्वीकृत हुन्छ र स्वतःअध्यादेश पारित हुन्छ। प्रतिनिधि सभामा केही समस्या छैन। राष्ट्रिय सभाको हकमा केही समस्या जस्तो देखियो।’
उनले थपे, ‘तर,अहिले कुरा मिलिसक्यो, समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले सत्तापक्षकै बेञ्चमा बसिरहेको छ, जसपा नेपालले पनि समर्थन गर्छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’