२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदले के बोल्छ भनेर जनताले हेरेर बसिरहेको बताएका छन् ।
सोही कारण संसदमा जनतासँग र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धीत विषय पनि जोडदार उठाउन उनले निर्देशन दिएका छन् ।
बिहीबार बसेको संसदीय दलको बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र लगायत देशभर भएका समस्याहरूलाई अध्ययन गरेर संसद्मा प्रस्तुत हुन उनले सांसदहरूलाई निर्देशन दिएका हुन् ।
‘बैठक लाइभ देखाउने भएकाले जिल्लाका साथीहरू ले के बोल्छ भनेर हेरेको हुन्छ के बोल्छ कांग्रेसले भनेर त्यसमा ध्यान दिएर बोले भोली चुनावमा पनि सहयोग पुग्छ र जनताले भोट दिन्छन्‚’ उनले भने ।