|  

‘कन्टेन्ट क्रियसन’ र ‘पर्सनल ब्रान्डिङ’ बारे नबुझेरै सामाजिक सञ्जाल विधेयक ल्याइयो-सांसद सुमना 

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोध गरेकी छन ।

उनले ‘कन्टेन्ट क्रियसन’ र ‘पर्सनल ब्रान्डिङ’ बारे नबुझेरै विधेयक ल्याइएको टिप्पणी गरिन । सुमनाले भनिन, ‘युवालाई बोलाउनुस, युवासँग संवाद गर्नुस, जनताको आवाज सुन्नुस । पेलेरै गोलमटोलरूपमा कसरी विधेयक पास हुन्छ, हामीले देखेकै छौँ । कसरी दुईतिहाइको दम्भ प्रयोग हुन्छ, कसरी मेजोरिटी (बहुमत)को दम्भ प्रयोग हुन्छ, त्यो पनि हामीले देखेकै छौँ ।’ 

उनले दम्भ छाडेर कन्टेन्ट क्रियटरहरूलाई बोलाएर सोध्न पनि आग्रह गरेकी छन् । उनले विधेयकविरुद्ध सामाजिक सञ्जालमा चलेको ह्यासट्याग अभियानका विषयमा जानकारी दिँदै विधेयक पुनर्विचारका लागि दिएको दबाबको सुनुवाइ पनि संसद्ले गर्नुपर्ने बताइन ।