२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा सांसद असीम साहले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको पनि जिकिर गरे । संसद कुनै व्यक्ति, दल विशेष र सत्तासत्तारी दलहरूको निजी अखडा नभएको सांसद साहले बताए ।
‘रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य रहेको छ । संसद कुनै व्यक्तिको, कुनै दल विशेषको वा सत्ताधारीको निजी अखडा होइन,’ साहले भने, ‘हामी सुसंस्कृतिक राजनीतिमा विश्वास गर्छौँ । संसदीय मर्यादालाई ध्वस्त पार्ने काम बदर गरियोस् र रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस् ।’