२४ माघ, काठमाडौं । सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले कम्बोडियामा लगानी रहेको विषयको प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरदायी भएर जवाफ नदिएको टिप्पणी गरेकी छन् ।
आजको संसद बैठकमा बोल्दै उनले जवाफ दिनुको सट्टा प्रधानमन्त्री ‘ढले ढले गित’को नक्कल गर्न तम्सिएको टिप्पणी गरिन् । उनले देशको अर्थतन्त्र र जनता ढलेको भन्दै विचौलियाहरु भने झन बलियो भएर उठेको बताइन् । सांसद तामाङले भ्रष्टचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीमाथि राज्यलाई हानी पु¥याएर पक्राउ परेका ब्यक्तिसँग जग्गा दान माग्दै हिडेको आरोप लागेको पनि बताइन् ।