|  

प्रचण्ड संसदमा सम्बोधन गर्दै, प्रधानमन्त्री भने अनुपस्थित

२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद् बैठकमा उपस्थित भएका छैनन् ।

आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । गत शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले सम्बोधन गरेका थिए । त्यो दिन प्रचण्डले बोलेका थिएनन् ।