|  

अध्यादेशबाट देश चलाउने पद्धतिको अभ्यास अप्रजातान्त्रिक होः चित्रबहादुर केसी

२४ माघ, काठमाडौं । सांसद चित्रबहादुर केसीले संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्धतिको अभ्यास सरकारले गरिरहेको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएता पनि त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टी  बारम्बार चुकेको बताए । उनले भने, ‘दुईवटा ठूला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन भन्ने मैले विचार गरेको थिए । तर, अब संसद समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ? यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौँ त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरू बारम्बार चुकेका छन । यस्तो गर्नु हुँदैन । संसद् बोलाउन छेकेको थियो कसले ? संसद् नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्धति हो भने यो लोकतन्त्र होइन । यो अप्रजातान्त्रिक पद्धति हो ।’