२४ माघ, काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा दुई विधेयक पेश भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेश गरिएको हो । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पेश गरेकी हुन । त्यस्तै, पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेश गरेका छन् ।