२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार कसैप्रति राजनितिक प्रतिशोध साध्नेबेला मात्र बलियो देखिएको टिप्पणी गरेका छन् ।
संसद बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने, सरकार बलियो त्यतिबेला देखिन्छ कसैसँग राजनितिक प्रतिसोध लिनुपर्ने भयो । त्यसको उदाहरण होः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने हुनुहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठुलो सहकारी ठगको रुपमा देशैभर दौडाइएको छ । हिजो उहाँलाई ठुल-ठुलो अफर गरेकाहरु आज न्यायपालिकालाई धम्काएर भएपनि फसाई छाड्ने कसरतमा हुनुहुन्छ । त्यसको लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’