|  

प्रचण्ड - सत्तामा फर्किएपछि भ्रष्टाचारकाण्डका फाइल फेरि खोल्छौँ

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा फर्किएपछि बन्द भएका भ्रष्टाचारकाण्डका फाइलहरू फेरि खोल्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारसँग जनता दुस्खी भएको र बिचौलिया तथा स्वार्थ समूह मात्रै खुसी रहेको बताए । ‘अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी छन । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईंहरूले पाएको उन्मुक्ति स्थायी हुने छैन ।’

अध्यक्ष प्रचण्डले स्वार्थ समूहले कब्जा गरेका राज्यका स्रोत र संसाधन सधैँका लागि नहुने बताए ।