२४ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी विषयमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको जवाफ दिए । आफू जातीय विभेद र छुवाछुत विरुद्ध रहेको भन्दै उनले अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको बताए । उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको उल्लेख गरे । गृहमन्त्री लखेकले अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको भन्दै उनले कानुनलाई अक्षरस पालना गराउनु आफ्नो कर्तव्य रहेको धारणा राखे ।
उनले उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन समेत सार्वजनिक गरिसकेको स्पष्ट पारे । उनले सत्यन्द्रकुमार र नेहाको पूणरुपमा सुरक्षाको प्रत्याभूत गरिने र कही त्रुटी देखिए छानबिन र कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरे ।