२४ माघ, काठमाडौं । चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यालनमार्फत 'हेर्दा हेर्दैमा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडिओमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य कलाकारको अभिनय छ। तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडिओ खिचिएको छ।
शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ। कृष्ण भारध्वजले संगीत गरेका छन्।
कुमार कट्टेल (जिग्री) को निर्देशन रहेको फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।