२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरेका छ ।
संसद् बैठकमा दलीय प्रतिनिधित्व गर्दै विशेष समयअन्तर्गत बोल्ने क्रममा सांसद डा. महतले यस्तो टिप्पणी गरेका हुन । उनले कांग्रेससँगको अघिल्लो गठबन्धन भत्काएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्रीका हैसियतमा प्रचण्डले दिएको अभिव्यक्तिसमेत स्मरण गराए । तत्कालीन अर्थमन्त्री समेत रहेका सांसद महतले कांग्रेस र माओवादी गठबन्धनको सरकारको बेला आर्थिक मन्दीको अवस्था रहेको बताए ।
साथै सांसद महतले माओवादी अध्यक्ष प्रचण्डले आजको बैठकमा कांग्रेसप्रति गरेको टिप्पणीलाई आफ्नो पार्टीले स्वाभाविक रुपमा लिएको पनि स्पष्ट पारेका छन् ।