२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा गर्न संसद् सचिवालयसँग आग्रह गरेकी छिन ।
संसदको विशेष समयमा बोल्दै उनले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको खेद प्रकट गर्दै छिटोभन्दा छिटो सच्याउन आग्रह गरेकी हुन् । प्रतिनिधिसभा नियमावलीको दफा २ सय ४८ मा सांसद निलम्बनको प्रावधान भए पनि अन्य कानुन प्रयोग गरेर सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन । सभापति लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसमेतमा अभियोजन गर्न संकोच अहिलेको सरकारलाई नलागेको उल्लेख गर्दै संसद् सचिवालयलाई पनि किन संकोच नलागेको ? भन्दै प्रश्न गरिन ।
उनले कानुनलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग नगर्न पनि आग्रह गरेकी छिन । उनले भनेकी छन्,‘सांसदहरू त्यसको सिकार हुनु नपरोस भन्ने आंकलन गरेरै नियमावलीमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएमा मात्र निलम्बन गर्ने प्रावधान राखेको हो । तर अदालतमा मुद्दा दर्ता हुदा नहुदै संसद्ले निलम्बनको सुचना टाँस र्गयो ।’