२४ माघ, काठमाडौं । सांसद उर्मिला माझीले सरकार जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाएकी छन् ।
आजको संसद बैठकमा बोल्दै उनले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न सोध्दै यस्तो आरोप लगाएकी हुन् । उनले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजना अलपत्र परेको बताइन । उनले राजमार्ग निर्माणको काम छिटो सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेको विषयमा जवाफ दिन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।