|  

सबैभन्दा धेरै बिक्री भएका टपटेन स्मार्टफोन !

२४ माघ, काठमाडौं । एप्पलको आइफोन १५ बितेको अंग्रेजी वर्ष सन २०२४ मा विश्व बजारमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको ग्लोबल ह्याण्डसेट मोडेल सेल्स ट्रयाकर रिपोर्ट अनुसार विश्वमा सर्वाधिक बिक्री हुने टपटेन स्मार्टफोनको सूचीमा लगातार तेश्रो वर्षपनि एप्पल र सामसुंगले नै कब्जा जमाएका छन । गतवर्ष सामुसंगको स्थानमा सुधार आउँदा टपटेन मध्ये ४ वटा स्थान कब्जा गर्न सफल भएको छ । सन २०२३ मा सामसुंगका तीनवटा फोन मात्रै यस सूचीमा परेका थिए ।

काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार एप्पलको आइफोन १५ सिरिजको आधारभूत मोडेलको फोन सन २०२४ मा विश्वमा सर्बाधिक लोकप्रिय फोन बन्न सफल भएको छ । यो मोडेलका फोनमध्ये आधाजसो बिक्री त अमेरिका र चीनमा मात्रै भएका छन् । सबैभन्दा धेरै बिक्री हुने फोनको दोश्रो स्थानमा आइफोन १५ प्रो म्याक्स र तेश्रो स्थानमा आइफोन १५ प्रो रहेका छन । सर्वाधिक बिक्री हुने स्मार्टफोनको चौथो नम्बरमा सामसुंगको ग्यालेक्सी ए १५ फाइभ जी परेको छ । एप्पलको पछिल्लो संस्करणको आइफोन १६ प्रो म्याक्स चाहीँ यो सूचीको पाँचौ स्थानमा छ ।

त्यस्तै छेटौँमा ग्यालेक्सी ए १५ फोरजी, सातौँमा ग्यालेक्सी एस २४ अल्ट्रा र आठौँमा आइफोन १४ रहँदा नबौँमा आइफोन १६प्रो र दशौँमा ग्यालेक्सी ए ०५ रहेका छन् । रिपोर्ट अनुसार ग्यालेक्सी एस २४ अल्ट्रा सन २०१८ पछि टपटेन सूचीमा अटाउने सामसुंगको पहिलो एस मोडेलको फोन बन्न सफल भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स फिचर सहितको यो फोनले प्रयोगकर्तामाझ व्यापक आकर्षण पैदा गरेको छ । गतवर्ष ग्यालेक्सी २४ सिरिजका स्मार्टफोनको बिक्रीमध्ये आधा भन्दा धेरै अमेरिका र पश्चिमी युरोपमा भएका छन । त्यस्तै अफ्रिका र मध्यपूर्वमा पनि यो मोडेलका फोनको बिक्री बढेको छ ।

सन् २०२३ का टपटेन स्मार्टफोनको सूची यस्तो थियोः

  • आइफोन १५
  • आइफोन १५ प्रो म्याक्स
  • आइफोन १५ प्रो
  • आइफोन १६ प्रो म्याक्स
  • आइफोन १५ प्रो
  • आइफोन १४
  • आइफोन १६ प्रो
  • ग्यालेक्सी ए१५ फाइभ जी
  • ग्यालेक्सी एस २४  अल्ट्रा
  • ग्यालेक्सी ए ०५