|  

५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

२४ माघ, काठमाडौं । सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धराैटी बुझाएर रिहा भएका छन् । 

चितवन जिल्ला अदालतले सहकारी ठगी कसूरमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी बिहीबार साँझ रिहा भएका हुन् । 

साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।

यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धराैटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।