|  

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

२४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा.सुवास आचार्य नियुक्त भएका छन्। छनोट समितिको सिफारिसका आधारमा डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

उनी अहिले अस्पतालको क्रिटिकल केयर विभागका प्रमुखका रूपमा कार्यरत छन्।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा प्रा.डा. घनश्याम गुरुङ, सहप्राध्यापक डा. गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा. सुवासप्रसाद आचार्यलाई छानेको थियो। यी चारलाई अन्तर्वार्ताका लागि माघ २३ गते बोलाइएको थियो।

ती चारमध्ये डा. आचार्यलाई समितिले छनोट गरेको हो।

यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेतीले पाएका छन्। यसअघि उनी सहायक क्याम्पस प्रमुख थिए।