|  

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ: एलिना चौहान

२५ माघ, काठमाडौं । नेपाली गायिका एलिना चौहानले आफूलाई धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्ने बताएकी छन्।

शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । 

 ‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।  दर्शकले धोकेबाज गीत वान्समोर भन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले पढ्ने बेला प्रेम नपर्न समेत विद्यार्थीलाई सुझाएकी छन् ।  

कार्यक्रममा उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौँ तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौँ, दुस्मन हेरेको हेरेई, मिनिरल वाटरलगायत आधा दर्जन गीतबाट सबैलाई मनोरञ्जन गराइन्।